डेंगुको प्रकोप फैलन नदिन ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान

687
  •  
  •  
  •  

सुनसरी । धरानमा पछिल्लो समय डेंगुको संक्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा ६५ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यस्तै इटहरीमा केही दिन अघि एक जनामा डेंगुको संक्रमण भेटिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले डेंगुको संक्रमण बढ्न थालेपछि सर्तकता अपनाउन थालिएको बताए ।

स्थानीय तह मार्फत सर्तकता कार्यक्रम सुरु भएको र जिल्ला स्वास्थ्यको समन्वयमा काम गरिरहेको उनको भनाइ छ ।
यसैबीच धरान क्षेत्रमा नियन्त्रण बाहिर गएको डेंगुको प्रकोप थप फैलन नदिन ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान समेत थालिएको छ ।


  •  
  •  
  •