दाङमा मालपोत र नापी कार्यालयको सेवा विस्तार

188
  •  
  •  
  •  

दाङ, २२ चैत (ओएनएस)  : बहुप्रतिक्षित मालपोत र नापी कार्यालयको सेवा दाङको तुलसीपुबाट प्रारम्भ भएको प्रति यसक्षेत्रका राजनितिक दल, सभासद, उद्योगि व्यापारी , अधिकारकर्मी एवं सर्वसधारणहरुले खुसी व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नम्बर ५ का सभासद दिपक गिरी, क्षेत्रनम्बर ४ का सभासदहरु बुद्धिराम भन्डारी, डिल्लि चौधरी लगाएतले तुलसीपुर क्षेत्रवाट सेवा प्रारम्भ हुनु सकारात्मक र स्वागत योग्य कदम भएको वताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले पनि आँफनो अभियानले सफलता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मीले नागरीकका काम समयमै गर्नकालागि सरोकारवाला कार्यालहरुले भूमिका निर्वाह गनुपर्ने वताए । उनले सबैभन्दावढि आर्थिक चलखेल हुने क्षेत्रका रुपमा परिचित यस्ता कार्यालयहरु सेवामुखी वन्नुपर्ने धारणा राखे ।

पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायाधिस शम्भुवहादुर खड्काले सेवा प्रवाहमा कुनै कञ्जुसाई र ढिलासुस्ति नगर्न आग्रह गरेका छन् ।
उद्घाटन कार्यक्रममा वोल्दै प्रमु्ख जिल्ला अधिकारी लोकनाथ पौडेलले सरकारको विकेन्द्रिकरणको निति स्वागत योग्य रहेको वताए । उनले भने ‘प्रजातन्त्रमा विकेन्द्रिकरण र नजिकबाट जनतालाई सेवा प्रदानगर्नु उपयुक्त विधि हा,े तर नयाँ कार्यालय भएको वाहानामा सेवा प्रवाहमा कुनै कसुर बाँकि नराखियोस । ’ प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले खर्च गर्न सक्नेहो भने यस्ता सेवाहरु प्रत्यक गाविसवाट प्रवाह गर्न सकिने पनि वताए ।

सेवा प्रारम्भ भएसंगै अब जग्गा सम्वन्धि कारोबार गर्न सदरमुकाम घोराही पुग्नुपर्ने वाध्यताको अन्त्य भएको छ । दाङका डुरुवा देखि पुरन्धारा सम्मका १७ गाविसवासी तुलसीपुरको मालपोत र नापी कार्यालयवाट लाभान्वित हुने छन् । यसअघि दाङ जिल्लामा कुल ३९ गाविस र दुई नगरपालिका रहेकोमा अहिले नगरपालिका विस्तार संगै जिल्लामा ३१ वटा गाविस रहेका छन् ।

गत असोज अन्तिममा सरकारले दाङको तुलसीपुर सहित देशभर २१ वटा मालपोत र २१ वटा नापी कार्यालयहरु विस्तार गरेको थियो । तुलसीपुरमा दुईवटा निजि भवन मासिक ५० हजारमा भाडा लिएर मालपोत र नापी कार्यालयले सेवा शुरु गरेको हो । घरधनि संग मासिक ५० हजारमा ५ वर्षकालागि सम्झौता गरिएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख हरिचन्द्र वुढाले बताए ।


  •  
  •  
  •