दाङका बाढिपीडितलाई अन्र्तराष्ट्रिय सहयोग आवश्यक : सभासदहरू

53
  •  
  •  
  •  

दाङ, ८ भदौ (ओएनएस)  :  दाङ जिल्लाका सभासद दीपक गिरी तथा डिल्लीबहादुर चौधरीले जिल्लाका बाढिपीडितहरूको अवस्थालाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । जिल्लाका बाढीग्रस्त क्षेत्रहरूमा अवलोकन तथा राहत वितरण सकेर संसदको बैठकमा फर्किनुअघि उनीहरूले रिपोर्टस क्लब दाङले गरेको आइतबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

आइतवार बिहान भएको पत्रकार सम्मलेनमा बोल्दै सभासद दीपक गिरीले जिल्लामा बाढिपीडितहरूलाई पर्याप्त राहत पु¥याइसकेको तथा अब उनीहरूको भौतिक संरचना निर्माणमा सरकारमा पहल गर्ने बताए ।  उनले यहाँको अवस्थाको बारेमा सरकार र सदनमा कुरा उठाउने भन्दै विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायहरूमा पनि पहल गर्ने जानकारी दिए । उनले मानवीय सहयोग गर्ने क्रममा यो पार्टी वा त्यो पार्टी भन्नुभन्दा पनि सबैजना एक भएर राहत तथा उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेताहरूले जिल्लामा भैपरी आउँदा देखाएको अग्रसरताप्रति अन्य राजनीतिक दलहरूले नकारात्मक टिकाटिप्पणी गरेको र आत्तिएको भन्दै त्यस्तो गर्नुभन्दा मानवीय सहयोगमा जुट्न सबैलाई आग्रह गरे ।

कांग्रेस नेता तथा सभासद डिल्लीबहादुर चौधरीले जिल्लाका बाढिपीडितहरूको पीडामा आफूहरू सँगसँगै रहेको बताए । उनले बाढी प्रभावित भएका सबैजसो क्षेत्रहरूमा आफू पुगेर राहत तथा पुनर्निर्माणको काम सुरु गरिसकेको जानकारी पनि दिए ।

सभासदहरूले बाढिबाट दाङमा करिब ४ अर्व रुपैयाँ बराबरको भौतिक क्षति भएको भन्दै त्यसको पुनर्निर्माणको लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले घर भत्किएकाहरू पीडितहरूका लागि पाँचहजारबाट बढाएर सरकारले उचित क्षतिपूर्ति दिलाउन आफूहरूले पहल गर्ने बताए ।


  •  
  •  
  •