दाङमा कुखुराको भाले मरेपछि मालिकले गरे काजक्रिया, पुरै गाउँले नै गए मलामी

249
  •  
  •  
  •  


काठमाडौं । सुन्दा पनि अचम्म लाग्छ कुखुराको भालेको पनि काजक्रिया गरियो भनेर । तर नेपालकै दाङमा एउटा कुखुराको भाले मरेपछि काजक्रिया गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले झण्डै २० वर्षदेखि पाल्दै आएको कुखुराको भाले मरेपछि दाहसंस्कार गरिएको छ । आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।

भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताए । २०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उनको भनाइ छ । हिन्दु परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताए। भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाएका छन् ।


  •  
  •  
  •