बेपत्ता सैनिक जवानको घट्ना रहस्यमय बन्दै

249
  •  
  •  
  •  

dan singh bohoraकञ्चनपुर, ६ बैशाख(ओएनएस) : महाकाली नदीमा डुबेर बेपत्ता सैनिक जवान दान सिंह बोहरा बेपत्ताको घटना थप रहस्यमय बन्दै गएको छ । गत बुधबार बोहोरालाई आधा बाटोसम्म पुर्याउन सँगै हिडेेकी चन्द्रा रानाले सोधपुछका क्रममा घटनाबारे फरक-फरक बयान दिएपछि घटना थप रहस्यमय बनेको हो ।

शनिबार बोहोरालाई आधा बाटोसम्म पुर्याउन हिडेकी चन्द्रासँग प्रहरीले सोधपुछ गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र थापाले जनाएका छन् । समाचार स्रोतका अनुसार चन्द्रा रानाले घटनाको विवरण लुकाउन खोजेको आशंका गरिएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी आफन्तको घरमा नयाँ वर्षमा भेटघाट गर्न बुधवार दोधारा चाँदनी नगरपालिका वडा नं. ७, शुक्लाफाँटा बन्य जन्तु आरक्षको सिमा क्षेत्र हुदै महाकाली नदी तरेर छोटो बाटो प्रयोग गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको बर्गौला पोष्टमा जाने क्रममा नेपाली सेनाका जवान दान सिंह बोहरा नदीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता सैनिक जवानको बुधवार देखी खोजी कार्य भईरहे पनि अझै सम्म फेला पार्न सकेका छैनन् ।


  •  
  •  
  •