‘दलित अधिकारका विषयमा साझा धारणा बनाउछौं’

86
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : दलित अगुवाहरुले नयाँ संविधानमा दलित अधिकारलाई सुनश्चित गर्न साझा धरणा बनाउने बताएका छन् ।

शुक्रबार संवाद डबलीमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र दलित अधिकारवादी अगुवाहरुले दलित अधिकारका विषयमा सझा धारणा बनाएर  आन्दोलनको तयारी समेत गर्ने बताएका हुन् ।

एकीकृत नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य तथा दलित नेता विश्वभक्त दुलाल ‘आहुती’ ले दलितको अधिकारलाई सुरक्षित गर्न संयुक्त रुपमा आन्दोलन गर्नुको विकल्प नभएको बताए । नेकपा–माओवादीका केन्द्रीय सदस्य मंगल विश्वकर्माले पूर्णसमानुपातिक प्रर्णालीले र विशेष अधिकारले मात्र दलितको अधिकारलाई ग्यारेण्टी गर्ने बताए ।

वर्तमान संविधानसभाले दलितको अधिकारलाई ग्यारेण्टी गर्न नसक्ने विश्वकर्माको दाबी छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर पुनले आफूहरु राज्यका हरेक निकायहरुमा दलितको सहभागिता हुनुपर्ने पक्षमा रहेको बताए ।

उनले दलित सबै वर्गको नेतृत्व गर्न सक्षम रहेको भन्दै त्यसको वातावरण राज्यले मिलाउनुपर्नेमा जोड दिए । नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपालका अध्यक्ष गणेश बिकले दलित समुदायको परम्परागत शिपको संरक्षण गर्दै राज्यका सबै अंगमा सामुहिक प्रवेश हुनपर्ने बताए । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष खिमबहादुर बिकले पूर्णसमानुपातिक निर्वाचन प्रणालीले मात्र दलित मुक्ति गर्ने  बताए ।


  •  
  •  
  •