कागजको कानुन व्यबहारमा लागु कहिले ?

182
  •  
  •  
  •  

download (1)काठमाडौं ७ चैत (ओएनएस) : कानुन आएको ५० बर्षभन्दा बढी भएपनि छुवाछुत अन्त्य भएको छैन । त्यही जातिय छुवाछुत अन्त्य गर्दै आज दिवस मनाइदैछ । “जातिय भेदभाव विरुद्ध लड्न विगतबाट पाठ सिकौ” भन्ने नाराका साथ यस बर्ष भेदभाव विरुद्धको दिवस आज मनाइदैछ । दलित आयोगको संयोजनमा दलित सँग सम्बन्धित विभिन्न संघसस्थाले काठमाडौ.माबृहत ¥याली तथा कार्यक्रम हुने भएको छ ।

बिहान ११ बजे काठमाण्डुको सहिदगेटबाट ¥याली निकालेर पुलिस क्लबमा विषेश कार्यक्रम गर्ने दलित आयोगले जनाएको छ । कार्यक्रमको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नेछन् । दिवसको अवसरमा दलित अधिकार संरक्षण र प्रवद्र्धन गर्न महासंघको नेतृत्वमा तयार पारिएको नेपालमा छुवाछुत तथा जातीय भेदभाव अन्त्यका निम्ति ६ बर्षको रणनीतिक योजना तयार पारिएको छ ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।


  •  
  •  
  •