माग पूरा नगरे आन्दोलन गर्ने दलित पार्टीको चेतावनी

84
  •  
  •  
  •  

काठमाडौं, २३ असोज (ओएनएस):  नेपाल दलित पार्टीले आफ्ना माग पूरा नगरे यही शनिबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टीले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संविधान नबनाउने खेलको भण्डाफोर गर्ने, सभासदहरुले संविधान बनाउनभन्दा पनि देशको ढुकुटी लुट्ने काम गरेको विरुद्ध, संविधानसभामा दलितहरुलाई सम्मानजनक सहभागीता नगराएको भन्दै विभिन्न १९ बुँदे माग राखी यही शनिबार माईतीघरबाट संविधानसभा भवन बानेश्वरसम्म ¥याली निकालेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएको हो ।

अध्यक्ष मेघ बहादुर कामीले नेपालमा कुनैपनि शीर्ष नेताले संविधान बनाउन नसक्ने ठोकुवा गरेका छन् । कामीले ठूला दलका शीर्ष नेताहरु सुशील कोइराला, केपी ओली, प्रचण्ड, बाबुराम लगायत संविधान निर्माणमा उदासिन भएको र उनीहरुको एजेण्डामा संविधान कहिल्यै नपरेको भन्दै संविधान फेरि पनि नआउने उद्घोष गरेका हुन् ।

उनले भने–‘‘ हामी संविधानसभाबाट संविधान जारी होस भन्ने पक्षमा नै छौं, तर दलका शीर्ष नेताहरुको व्यवहार हेर्दा त्यस्तो कुनै छाँटकाँट नै देखिँदैन । हाम्रो आन्दोलनले दबाब सिर्जना गर्नेमा म विश्वस्त छु ।’’ कामीले पटक–पटक आफूहरुल उठाउँदै आएका जायज माग सरकारले बेवास्ता गरेको भन्दै सरकारी वार्ता समिति नबनाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष रमेश ताम्राकारले पनि आफ्ना पार्टी जनपक्षीय संविधानको पक्षमा रहेको भन्दै सरकार र दलहरुले दलितको हितकालागि केही नगरेको गुनासो गरेका छन् । ताम्राकारले आफूहरुको शक्तिलाई कम नआँक्न पनि सरकारलाई चेतावनी दिँदै भने–‘‘जनसंख्याको आधारलाई हेर्ने हो भनेपनि हाम्रो शक्ति तेस्रो हो । त्यसैले हामीलाई बेवास्ता गरेर जान खोज्ने कल्पना नगरे हुन्छ ।’’ उनले देशभर ८० लाख दलितहरु रहेको समेत बताएका छन् ।


  •  
  •  
  •