मिसन टोलीमध्ये दुई जनालाई जाजरकोट, रुकुम प्रवेशमा रोक लगाइएकोप्रति ध्यानाकर्षण

101
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका छन् ।

रुकुम पश्चिम घटनाको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मालाई सल्यानको सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा सल्यानको प्रहरीले माथिको आदेश भन्दै प्रवेशमा रोक लगाएको थियो ।

स्थलगत अध्ययनमा गएको पत्रकारको टोलीलाई प्रवेश निषेध गरेको प्रति संघले घोर भत्सना समेत गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रवेशमा रोकेको घटनाले स्वतन्त्रपूर्वक हिँड्न पाउने नागरिकको अधिकार कुण्ठितमात्र गरेको छैन् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको छ ।’

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •