भारतविरूद्धको खेल अगाडि दक्षिण अफ्रिकालाई झड्का !

188
  •  
  •  
  •  

Dale-Steynकाठमाडौ, ६ फागुन(एजेन्सी) : आगामी फ्रेबुअरी २२ का दिन हुने भारत र दक्षिण अफ्रिकाबीचको खेल अगाडी दक्षिण अफ्रिकालाई झड्का लागेको छ । दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेनले भारतविरूद्धको खेल नखेल्ने सम्भावना बढेपछि दक्षिण अफ्रिकालाई झड्का लागेको हो । डेल स्टेन फ्लूका कारण बिरामी परेपछि उनी खेल्न नसक्ने सम्भावना रहेको समाचारहरुमा जनाइएको छ ।

यो बिरामीको लक्षण आइतबार जिम्बाब्बेविरूद्धको खेलमा नै देखिएको थियो । उक्त खेलमा उनको प्रदर्शन राम्रो हुन सकेको थिएन । उक्त खेलपछि उनले अभ्यासमा पनि आएका छैनन् । समाचारहरूमा जनाइअनुसार उनको घाँटी सुकिरहेको छ भने रूघा लागेको छ ।

पहिलो खेलभन्दा अगाडि पनि उनले धेरै अभ्यास नगरेको समाचारहरूमा जनाइएको छ । यता साउथ अफ्रिकाको टोलीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन् ।

यदी डेल स्टेन खेल्नका लागि फिट भए उनको भारतसँग गत विश्वकप पछिको पहिलो खेल हुनेछ । उनले अघिल्लो विश्वकपमा भारतविरूद्ध खेलपछि अन्य खेलमा खेल्न पाएका थिएनन् । विश्वकप पछि भारतसँग भएको सन् २०१३ मा च्याम्पियन्स ट्रफीका क्रममा एकमात्र खेल खेलेको दक्षिण अफ्रिकाको टोलीमा स्टेन थिएनन् । उनी त्यसबखत घाइते भएका थिए ।


  •  
  •  
  •