सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशमा कारण देखाउ आदेश

77
  •  
  •  
  •  


काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेनन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

उक्त रिटमा नेपाल सरकार, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको थियो । अधिवक्ता अर्जुनकुमार अर्याल, श्रीकान्त बराललगायत ८ जनाले संसद छलेर ल्याइएको अध्यादेश बदर गर्दै सोही अध्यादेश अनुसार दर्ता भएको दल खारेज गर्न रिट निवेदन हालेका थिए ।


  •  
  •  
  •