सहमतिको ‘डेडलक’ खुल्दै !

478
  •  
  •  
  •  

sambad
file photo

काठमडौं १४ मंसिर (ओएनएस) : संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न रोकिएको राजनीतिक सम्वाद फेरि सुरु भएको छ । आज राजनीतिक सहमति कायम गर्न संविधानसभा राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्दैछ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन प्रमुख दलबीच भएको सहमति अनुसार आजबाट दलहरु राजनीतिक सम्वाद जुट्न लागेका हुन् ।

दलहरूबीचको विवादले झन्डै एक महिनादेखि जारी संवाद समितिको ‘डेडलक’ अझै हट्न सकेको छैन। कांग्रेस-एमालेले संवाद समितिको प्रस्ताव जस्ताको तस्तै संविधानसभामा पठाउने र संविधानका अन्तरवस्तुमा सहमतिका लागि आज र नै छलफल अघि बढाउने पक्षमा छन्।

बिहान १० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको र अपराह्न १ बजे संवाद समितिको बैठक डाकिएको छ। छलफल भएको छ। छलफल संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित थियो।

छलफलमा दलहरूले आफ्नो अडान कायमै राखेका छन्। छलफलमा कांग्रेस–एमालेले आफूहरूले संवाद समितिमा पेश गरेको साझा प्रस्ताव संविधानसभामा लैजान आग्रह गरेका थिए। एमाओमवादीले भने उक्त प्रस्ताव अनुसूचीमा राखेर संविधानसभामा पठाउन सकिने बताएको थियो।


  •  
  •  
  •