रातारात ‘नबिग्रीएको’ भए आज केही परिणाम

142
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर (ओएनएस) : लामो छलफल पछि संघियताको काम बाँकी राख्दै दलहरु संविधान जारी गर्ने निस्कर्षमा पुगेका छन् । संख्या बढीमा आठ बनाउने र नाम प्रदेशहरुलाई नै राख्न दिनेगरि सहमति नजिक पुगेका छन् । आज दिनभरीको आन्तरिक छलफलपछि साँझ चारदलका प्रमुख नेताहरु बसेर अन्तिम रुप दिनेछन् । निर्वाचन प्रणालीमा अघिल्लो संविधानसभाको जेठ २ गतेमै फर्किएका छन् ।  निर्वाचन प्रणाली मिश्रीत अपाउनेमा सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको दुई चरणको शीर्ष तहको बैठकमा मोटामोटी सहमति जुटेको र आज त्यसलाई टुङ्गोमा पुर्याउने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।  ‘हामी सहमतिको नजिक पुगेका छौ’ ओएनएससँग महतोले भने, ‘ रातारात नबिग्रीएको भए आज केही प्रगति देखिने सम्भावना छ ।’ प्रदेशको नाममा सहमति जुट्न गाह्रो देखेपछि नेताहरु सम्बन्धित प्रदेश सभालाई नै जिम्मा लगाउने गरी समझदारी गर्न सहमत भएका हुन ।

कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताको बैठकले हालकै मिश्रति निर्वाचन प्रणालीअन्तर्गत समानुपातिक र प्रत्यक्षतर्फ संख्या थपघट गरी समझदारी गर्ने पक्षमा नेताहरु पुगेको उच्च स्रोतको भनाइ छ ।  कांग्रेस र एमाले सात प्रदेशको अडानमै रहेपनि एक प्रदेशसम्म बढेर ८ प्रदेशमा समझदारी गर्न सकिने संकेत दिएका छन् । एमाओवादी र मधेशी मोर्चाले दश प्रदेशबाट घट्ने संकेत दिएका छन ।


  •  
  •  
  •