प्रक्रियाको बाटोमा प्रतिकार गर्ने मोर्चाको निर्णय

145
  •  
  •  
  •  

काठमाडौं, २१ पुस (ओएनएस) : एमाओवादी  नेतृत्वको ३० दलीय मोर्चाले सत्तापक्ष पेलेर जाने तयारीमा रहेकाले त्यसको प्रतिकार गर्ने निस्कर्ष निकालेको छ ।

दलहरुको छलफल सहमतितिर नरहेको भन्दै मोर्चाले भिड्नका लागि तयारी अवस्थामा रहने बताएको छ । बिहान बसेको मोर्चाको बैठकले बहुमतिय प्रक्रियामा संविधान बनाउने खाजे त्यसलाई असफल बनाउने निणर्य गरेको हो ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली जबर्जस्ती संविधान बनाउने अभियानमा लागेको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएपछि मोर्चा यस्तो निस्कर्षमा पुगेको हो ।

बैठकमा दाहालले एमालेले माड ८ पछिको सत्ताका लागि पनि जस्तोसकै संविधान दिने मनस्थितमा रहेको दावी गरेका थिए । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले अब मोर्चा दवाव कार्यक्रमलाई शसक्त बनाउने निस्कर्षमा पुगेको बताए ।

सभाध्यक्ष नेम्वाङले राखेको प्रस्ताव देखि बैठकमा छलफलका निस्कर्षमा आधारमा प्रक्रियाबाटै संविधान ल्याउने खोजेकाले मोर्चाले आफ्नो तयारी गर्न थालेको उनले बताए ।

पाँच जिल्लामा मात्र अब बिबाद बाँकी रहेको र अरु सबै कुरा मिलेको कुरा पनि गलत भएको उनको भनाई छ ।


  •  
  •  
  •