दलीय बैठकमा के खान्छन् शीर्ष नेता

130
  •  
  •  
  •  

काठमाडौं १७ माघ ।
प्रमुख दलहरुको बैठक प्राय प्रधानमन्त्री सुशील कोइराला, संविधानसभामा अध्यक्ष सुवास नेम्बाङ र संबैधानिक राजनीतिक समितिका सभापति बाबुराम भट्टराइको पहलमा बस्ने गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सभामुखको कार्यकक्ष सिंहदरबार, शान्ति कोषको सचिवालय बबरमहल र संवाद समितिको कार्यालय सिंहदरबारमा बैठक बस्ने गरेको छ । कति लामो बैठक हुन्छ भन्ने हेरेर शीर्ष नेताहरुका लागि चिया, खाजा र खानाको ब्यवस्था बैठकमा गरिएको हुन्छ ।

छोटो बैठकमा प्राय चिनी भएको र नभएको कालो चिया पिएर नेताहरु छुटिन्छन् । बैठक लम्बिए हेबी ब्रेकफास्ट तथा खानाको ब्यवस्था हुन्छ । देशको स्वास्थ्थप्रति त्यति धेरै ख्याल नगरेपनि शीर्ष नेताहरु आफूले खाने खाना खाजाप्रति निकै सचेत देखिन्छन् ।

प्रधानमन्त्री कोइराला चिनी विनाको कालो चिया, ग्रिनटी लिन्छन् । खाजामा खरबुजा दुई चार टुक्रा खान्छन् । भेज खाना मन पराउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओली चिनी विनाको कालो चिया, ग्रिन टी नै लिन्छन् । फलफूल र डाइजेस्टिक विस्कुट खान्छन् ।

प्रचण्डले चिनी विनाको कालो चिया, ग्रिनटी खान्छन् । उनी खाजामा फलफूल विस्कुट र मम लिन्छन् । खाना खानुपरे दाल भात तरकारी साग र थोरै चिल्लो भएको मासु लिन्छने । शेरबहादुर देउवा कालो चिया, मम विस्ुकट र फलफूल लिन्छन् । उनी थुक्पा मन पराउँछन् । बाबुराम भट्टराइ र माधव नेपाल चिनी विनाको कालो चिया मम थुक्पा खान्छन् ।नयाँपत्रिकाबाट


  •  
  •  
  •