घाम ताप्दै बालुवाटारमा तीन दलको बैठक

186
  •  
  •  
  •  

काठमाडौं १३ पुस (ओएनएस) :
मधेसी मोर्चाले उठाएका मागका विषयमा प्रमुख तीन दलले साझा धारणा बनाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकले मधेसी मोर्चाले उठाएका मागका विषयमा साझा धारणा बनाउने सहमति गरेको हो । मधेसी मोर्चाले अघि सारेका मागमा विषयमा साझा धारणा बनाउन आज प्रमुख दलहरुको बैठक बालुवाटार बसेको छ । खुला ठाउँमा घाम तापेर बैठक बसेको छ । हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई भारतले धोका दिएको टिप्पणी गरे ।

तीन दलको बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो दिल्ली भ्रमणपछि भारतले नाका खोल्ने आश्वासन दिएको तर व्यवहारिक रुपमा कार्यान्वयन अझै नभएको बताए ।

बैठकमा प्रधनमन्त्री ओलीले सीमानाकामा जारी अवरोध हटाउने बारेमा आफूले प्रयास गरिरहेको जानकारी गराए । हिजो आफूले भारतीय राजदूत रणजीत रायसँग भेटवार्ता गरेको जानकारी दिदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई समेत मिलाएर लैजान भारतले सुझाव दिएको उल्लेख गरे।

कांग्रेस, एमाओवादी र मोर्चाबीच मधेसी मोर्चाले उठाएको सीमांकनसहित ११ बूँदे मागमा साझा धारणा बनाएर जाने सहमति भएको छ । तर विषयवस्तुमा सहमति भएको छैन ।


  •  
  •  
  •