मधेशको समस्या समाधानका लागि साझा धारणा बनाउने प्रयास

130
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
प्रमुख दलहरुले आन्दोलनरत मधेसी पार्टीका माग सम्बोधनका लागि उनीहरुसंग छुट्टाछुट्टै द्विपक्षीय छलफल गरी सहमतिको वातारण बनाउने भएका छन् । कांग्रेससहित सत्तारुढ दलहरुको सोमबारको बैठकले मधेसी दलका ठोस माग र उनीहरुले अपनाउने सक्ने लगचकता बारे स्पष्ट भएपछि मात्र साझा धारणा बनाउने सकिने भएकाले पहिले द्विपक्षीय छलफल गर्ने सहमति गरेको छ । त्यही सहमति अनुसार काग्रेसले आन्दोलनरत मधेसी दल तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको निवासमै भेटेर कुराकानी गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताहरुले पनि अनौपचारिक रुपमा मधेसीहरुसंग छलफलमा गर्न थालेका छन् ।

संसदमा अघि सारिएको संविधान संशोधन विधेयकमा मधेसी दलहरुले अहिले सम्म औपचारिक सहमति गरेका छैन्न । त्यसैले संसदमा प्रस्तुत विधेयक उनीहरुसंगको सहमति बेगर संशोधन गर्दा पुनः प्रश्न उठन् सक्ने भएकाले त्यो बिषयमा समेत प्रमुख दलहरुले मधेसीको धारणा बुझ्ने प्रयास गरेका हुन् । ‘संविधान संशोधन विधेयकका बिषयमा मोर्चासंग छलफल गरी निष्कर्ष निकाल्ने कुरा भएको छ’ काग्रेस उपसभापति रामचन्द्र पौडेलले भने,’छुट्टा छुट्टै छलफल गरेर सहमति खोज्ने प्रयास हुन्छ ।’

कांग्रेसहित प्रमुख सबै दलहरुले तत्काल तराईको समस्या सम्बोधन गर्नुपर्ने धारणा आइतबार बनाएका थिए । मोर्चाका नेता ठाकुरसंग बार्ता गर्न गएका कांग्रेस महामन्त्री प्रकाशमान सिंह र प्रवक्ता दिलेन्द्र बडुले सरकार र मोर्चाले प्याकेजमै समाधान खोज्ने प्रयास गर्दा स्थिती झनै भयाभह बन्दै गएको बताउदै संसदको अडकएको संविधान संशोधनको विधेयक पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेसकै तराई मधेशका सांसदहरुले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपाति समावेशीताको शिद्धान्त अनुसार प्रतिनिधित्वको व्यवस्था गर्ने विधेयक पारितका लागि पार्टी नेतृत्वलाई दबाव दिदै आएका छन ।

‘पहिला संशोधन विधेयकलाई पारित गरौ । यसले सकारात्मक सुरुवात सुरु हुन्छ । त्यसपछि राजनीतिक तहमा निर्णय गरेर सीमाकंनको बिषय अर्को संशोधनमा गर्न सक्छौ भनेर हामीले धारणा राख्यौं’ बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले भने,’उहाँले -ठाकुर) सरकारनै जिम्मेबार नभएको बताउनु भयो ।’ ‘हामीले विधेयक पारित नगर्नुहोस भनेका छैनौं तर सरकारले जिम्मेबार भएन । सरकारले समस्या सुल्झाउने भन्दा चर्काउने काम गरेको छ’ ठाकुरको भनाई थियो ।

सिंह र बडुले सरकारले पनि सवै बिषयलाइ प्याकेजमै समाधान खोजीरहेको र मोर्चाका नेताहरुले पनि त्यसै भनीहेहका समस्या झनै विग्रदै गएको बताउदै संशोधन विधेयक पारित गर्न सहयोगको आग्रह गरेका थिए । मधेश आन्दोलन नियन्त्रण बाहिर जान सक्ने बताउदै तत्काल समाधान खोज्न कांग्रेसले अग्रसरता लिईदिन आग्रह गरेका थिए ।

तराई मधेशको समस्या समाधान गर्नका लागि सोमबार बिहानै मुख्य दलहरुको बैठक पनि बसेको थियो । आन्दोलनरत दलहरुले उठाएका कतिपय मागहरु अस्पष्ट रहेकाले त्यसमा समेत स्पष्ट भएपछि मात्र वार्ता सहज हुने दलको बैठकको निष्कर्ष छ । प्रस्ट एजेण्डा र माग प्रस्तुत भए वार्ताबाट निष्कर्ष निकाल्न सजिलो हुने एमाले महासचिव इश्वर पोखरेलले बताए । संविधानमा भएको कतिपय बिषयहरु राम्ररी बुझाउन नसक्दा पनि आन्दोलनकारीले बढी प्रचार गर्ने अवसर पाएको भन्दै प्रमुख दलहरुले सर्वसाधारणलाई स्पष्ट पार्ने कार्यक्रम अघि सार्नुपर्ने निष्कर्ष पनि बालुवाटार बैठकमा निकालेका छन् ।

समान्य जनतालाई संविधानले स्थापीत गरेका अधिकारबारे भ्रमित पार्ने प्रयास समेत भएको भन्दैे अब संयुक्त र छुट्टा छुट्टै कार्यक्रम प्रमुख दलहरुले लैजाने भएका छन् । प्रमुृख दलहरुलाई संविधन जारी भए लगत्तै त्यसबारे जानकारी दिनका लागि बिषेश कार्यक्रम गर्न विभिन्न पक्षले सझुाव दिदै आएका थिए । तर प्रमुख दलहरुले अहिले सम्म तराई मधेसमा संविधानका बिषय केन्दि्रत कार्यक्रम गर्न सकेका छैन्न । मुख्य दलका त्यहाबाट प्रतिनिधित्व गर्ने नेता सभासद् समेत आफनो जिल्ला र क्षेत्रमा गएर प्रभावकारी रुपमा संविधानको पक्ष वकालत गर्न सकिरहेका छैनन् ।
कान्तिपुरबाट


  •  
  •  
  •