बालुवाटारमा दलहरुको शीर्ष बैठक, टीकापुर घटनाबारे साझा निणर्य हुने

78
  •  
  •  
  •  

काठमाडौं ८ भदौ (ओएनएस) :
प्रमुख तीन राजनीतिक दलले सीमांकन र संघियताका विषयमा छलफल गर्दैछन् । कैलालीको टीकापुरमा भएको घटनालाई आधार बनाएर दलहरुले छलफल गर्नेछन् । घटना राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका दलहरुले घटनाका योजनाकारलाई कारवाही गर्न माग पनि गरेका छन् ।

दलहरुले सीमांकन सहित प्रदेशको संख्या टुङ्गो लगाएपछि सुरु भएको आन्दोलन झन बढ्न थालेका छन । आन्दोलनरत पक्षसँग वार्ता गर्ने र सीमांकनलाई व्यवस्थापन गरिगरिका नयाँ विकल्पमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख दलका शीर्ष नेताको बिहान बालुवाटारमा बस्ने बैठकबाट कैलाली घटनाबारेमा थप प्रस्ट पार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।


  •  
  •  
  •