मध्यरातमा सहमतिपत्रमा हस्ताक्षर

118
  •  
  •  
  •  

काठमाडौं २४ साउन (ओएनएस) : दलहरुबीच सीमांकनका विषमया मध्य रातमा सहमति भएको छ । दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार भएको हो।

दलहरुबीच सहमतिमा हस्ताक्षर भएपछि मध्यरातमै संवैधानिक राजनितिक सम्वाद तथा सहमति समितिको बैठकमा प्रतिबेदन पेस भएको छ।

बैठक भने आज ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सहमति पत्रमा फोरम ९लोकतान्त्रिक० का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राखेका छन्। हमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कोइरालाले जनआन्दोलनको उपलब्धि संस्थागत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै ढिलै भएपनि सीमाङ्कनसहितको मस्यौदा आएको छ, यो उपलब्धिलाई हामी सबैले गौरव ठान्नुपर्ने बताए ।

तीन जिल्ला टुक्रिए

प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा आज भएको सहमतिअनुसार ७५ जिल्लामध्ये तीन जिल्ला मात्र टुक्रिएका छन् ।

टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् ।

प्रदेश ४ मा बागलुङको पूर्वी भाग र नवलपरासीको (बर्दघाट सुस्ता पूर्व भाग), प्रदेश ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम भाग), बागलुङ पश्चिम भाग, रुकुम पूर्वी भाग र प्रदेश ६ मा रुकुमको पश्चिम भाग परेको छ ।

पर्सादेखि सप्तरीसम्मको प्रदेश २ र नवलपरासी (पश्चिम) देखि बर्दियासम्मको प्रदेश ५ ले भारतको सीमालाई मात्रै छुने भएको छ । अन्य चार प्रदेशले भने भारत र चीन दुवैको सीमा छोएको छ ।

प्रस्तावित उक्त प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन् ।

यसैगरी प्रदेश २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहने प्रस्ताव छ । प्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्ला परेका छन् ।

यस्तै प्रदेश नं ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी(दाउन्ने पूर्व) रहने छन् । प्रदेश नं ५ मा नवलपरासी (दाउन्ने पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग), रुकुम (पूर्वी भाग), सल्यान, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया रहनेछ ।

त्यसैगरी प्रदेश नं ६ मा रुकुम (पश्चिम भाग) डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली रहनेछन् । उक्त विभाजनमा एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले फरक मत राखेका छन् ।

मिल्न बाँकी विषय

  • निर्वाचन प्रणालीमा थ्रेस होल्ड राख्ने कि नराख्ने ?
  • धर्मनिरपेक्षता भन्ने कि धार्मिक स्वतन्त्रता
  • संवैधानिक अदालत राख्ने कि नराख्ने

लोकतान्त्रिक फोरमको फरक मत

  • झापा, मोरङ, सुनसरीलाई मधेस प्रदेशमा नराखेकोमा
  • थारूहरूको बस्ती रहेको कैलाली, कञ्चनपुर जिल्ला बाँके, बर्दियासँग नजोडेकोमा


  •  
  •  
  •