सहमति जुटाउन सकस

76
  •  
  •  
  •  

काठमाडौं २० भदौं (ओएनएस) : संघियता र शासकीय स्वरुपमा सहमति जुटाउन कठिन देखिएको छ । बिबादित बिषयमा सहमति जुट्न कठिन भएपछि एकीकृत माओवादीले संविधानसभाको कार्यतालिका संशोधन गर्न प्रस्ताव गरेको छ । एमाओवादीको उक्त प्रस्तावप्रति कांग्रेस एमालले भने असहमति जनाएका छन् । एक दिन मात्र बाँकी रहँदा दलहरु संविधानसभाको कार्यतालिका परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषयमा बिभाजित भएका हुन् ।

सिंहदरवारमा शुक्रबार बसेको ३१ दलको बैठकमा एकीकृत माओवादी र मधेसवादी दलहरुले संघीयता र शासकीय स्वरुपको बारेमा गहिरो छलफल नभएकोभन्दै यही २१ गतेभित्र सहमति गर्नुपर्ने कार्यतालिका परिवर्तन गर्नु पर्नेमा जो दिएका छन् । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले माघ ८ मै संविधान जारी नहुँदा आकास नखस्ने तर्क गरे ।

बैठकमा काङ्ग्रेस र एमालेका नेताहरुले कार्यतालिका परिवर्तन गर्न नहुने धारणा राख्दै सहमति र असहमतिका बिषय संविधानसभामा पठाउनुपर्ने अडान लिएका थिए । बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले कार्यतालिका बिषयमा बिभिन्न मत आए पनि कुनै निर्णय नभएको जानकारी दिए ।

राज्यको पुनर्संरचना, शासकीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुटाउन समितिको बैठक बसिरहे पनि दलहरुका आ–आफ्नै अडानले सहमति जुट्न सकेको छैन।संविधानका अन्तरवस्तुमा सहमति जुटाउने भदौ २१ को समयसीमा शनिाबर सकिदैंछ ।


  •  
  •  
  •