असन्तुष्ट दल र पक्षको धारणा बुझेर निस्कर्ष खोज्दै प्रमुख दल

71
  •  
  •  
  •  

काठमाडौं १३ साउन (ओएनएस) :

प्रमुख दलहरुले असन्तुष्ट दलहरु समेतलाई मिलाएर संविधानको मस्यौदामा परिमार्जन गर्ने तयारी गरेका छन् । नागरिकतामा महिला र मधेस क्षेत्रमा देखिएको अन्यौलता हटाउने र धर्ममा सबैलाई मान्यहुनेगरि नयाँ शब्द खोज्ने गरि दलहरुले छलफल सूरु गरेका छन् । आज मधेसी मोर्चामा रहेका दलहरुसँग छलफल गरेपछि निस्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।

उनीहरुंसंगको छलफल गरी अधिकतम बिषयहरुलाई समेटेर जाने प्रयास गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिषय केन्द्रित छलफल गरी ढुंगोमा पुगिनेछ ।

आज छलफल गर्ने तय भएपनि समय यकिन भइसकेको छैन् । गरिकता प्राप्ति र धर्मसम्बन्धी बिषयलाई अझै स्पष्ट हुने गरी परिमार्जन गर्ने भएका छन् । मस्यौदाका प्रावधानलाई लिएर कतिपयले गलत व्याख्यासमेत गरेकाले स्पष्ट गर्नुपर्ने आवश्यकता उनीहरुले औल्याएका हुन् ।

संवैधानिक निकायसँग छुट्टै छलफल
दलहरुले विभिन्न संवैधानिक निकायको अधिकार र संरचनाबारे पनि सम्बन्धित निकायसँग छुट्टै छलफल गर्दैछन् । बिहान छलफलका लागि संंवैधानिक निकायका पदाधिकारीलाई बालुवाटारमा बोलाइएको छ । उनीहरुसँग थप छलफल गरेपछि मस्यौदा परिवर्तनको केन्द्रित हुने नेताहरुले बताएका छन् ।

संबैधानिक निकायहरुले संस्थागत रुपमा नै संविधानमा राख्नुपर्ने बिषयहरु उल्लेख गर्दै सुझाव दिएका थिए । तीनै सुझावमा आधारित रहेर सम्बन्धि निकायका पदाधिकारीहरुसँग थप छलफल गर्ने निष्कर्षमा दलहरु पुगेका हुन् । अख्तियार, दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग देखि नेपाली सेना, नेपाल प्रहरी लगायत सबै निकायहरुले आ आफ्नो अधिकारबारे संविधानसभामा सुझाव दिएका थिए ।


  •  
  •  
  •