संघियतामा ‘हलो’ अड्कीयो

82
  •  
  •  
  •  

काठमाडौं २० भदौ (ओएनएस) :
संघियता र शासकीय स्वरुपको विवाद पेचिलो बन्दै गएको छ । प्रमुख तीनदलबीच संघहरुको संख्या र शासन प्रणालीमा विवाद हुँदा समाधानको हलो दुईवटा विषयमा अड्कीएको छ । आज संघीयता र राज्यपुर्नसंरचनाको बिषयमा सहमति जुटाउन फेरि दलहरुबीच छलफल सुरु भएको छ । अघिल्लो संविधानको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन बोकेर बैठकमा बसेका नेताहरुबीच प्रदेशको संख्या, नामाकरणका सन्दर्भमा छलफल भइरहेको छ ।

सिंहदरबारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शिर्ष नेतहरुको सहभागिता छ । संविधानको मस्यौदा भदौ मसान्तसम्मा अन्तिम बनाइसक्नु पर्ने भएकाले दलहरुले मुख्य विवादित विषयमा छलफललाई तिव्रता दिएका हुन् । संघियतामा एमाओवादीले अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समितिले तय गरेको १४ प्रदेशको खाका र नामकरणको विषयलाई भने अब मुद्दा बनाउने छैन। ‘राज्य पुनःसंरचना आयोगले तय गरेको १० प्रदेश पार्टीको अडान रहनेछ भने त्यहाँ उल्लिखित प्रदेशका नामलाई छोटो बनाएर जानुपर्ने पक्षमा पार्टी छ’ स्रोतले भन्यो।स्रोतका अनुसार मधेस–भोजपुरा–मिथिला–कोच जस्ता प्रदेशको लामो नामलाई छोट्याउनुपर्ने पक्षमा माओवादी उभिनेछ ।

५ वा ७ प्रदेशकोपक्षमा रहेकाकांग्रेस एमाले ९ प्रदेश भन्दा माथि जान नसकिने अडानमा छन । नामाकरण जात भन्दा भूगोलका आधारमा गर्नुपर्ने उनीहरुको प्रस्ताव छ । दुई दल जातीय, क्षेत्रीय, सांस्कृतिक, भाषिक, भौगोलिकसहित साझा पहिचान झल्किने गरी संघको नामकरण गर्ने पक्षमा छन्। उनीहरू सहमति जुट्न नसके नामकरणको टुंगो लगाउने अधिकार प्रादेशिक सभालाई दिनुपर्ने पुरानै अडानमा छन्।


  •  
  •  
  •