प्रमुख दलहरु प्रस्ताव सहित छलफलमा

119
  •  
  •  
  •  

काठमाडौं ७ वैशाख (ओएनएस) संविधानका विवादित विषयमा प्रमुख दलहरुबीच आज निर्णायक वार्ता हुने दलका नेताहरुले बताएका छन् । अहिले बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको छलफलमा संघियताका विषयमा निचोड निकाल्न प्रयास गरिनेछ । संघियताको संख्या र सीमा विषयमा अलग गरेर सहमति खोजिने सत्तापक्षले प्रस्ताव गर्नेछ ।

संघियताका विषयमा सहमति नभए १० गतेबाट प्रक्रियामा जाने निणर्य गरेका सत्तासिन कांग्रेस एमालेले आज निर्णायक वार्ता बोलाएका हुन् । एकीकृत नेकपा माओवादी बहुपहिचानसहित ६ प्रदेशमा सहमत जनाए सीमा विवादका विषयमा थप छलफल हुनेछ । एमाओवादीले पनि हिजो साँझ थप छलफल गरेको थियो ।
संविधानमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणलीका विवादीत विषयमा टुंगोनजिक पुगेका दलहरु संघीयतामा जाँदा प्रदेशको संख्यामा मात्र अड्कीएका छन् ।

कांग्रेस एमालेले कात्तिक १७ गतेको नौं बुँदे प्रस्तावमा ७ प्रदेशको प्रस्ताव गरेपनि उनीहरुले एकीकृत नेकपा माओवादीले ६ प्रदेशमा जान सकिने भनेपछि त्यसको खाका प्रस्तुत गर्न भनेका थिए । तर, एमाओवादीले त्यसको जवाफ नदिएको भन्दै आज निर्णायक वार्ताका लागि एमाओवादीलाई डाकेका छन् । वार्ताको समयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

धानमन्त्रीले बोलाएलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नैं अनौंपचारिक रुपमा पदाधिकारी बैठक बोलाएर छलफल गरे । ‘अध्यक्षले अनौपचारिक छलफलका लागि पदाधिकारी बैठक बोलाउनु भएको थियो’ एमाअ‍ोवादी सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, ‘हामीले असार मसान्तसम्म संविधान जारी गर्ने डेट लाइन हुने गरी सहमतिमा अघि बढ्न आग्रह गरेकाछौं । ’

उनले प्रदेशको सन्दर्भमा सत्तापक्षले पहिले स्पष्ट हुनुपर्ने बताए । ‘सत्तापक्षले ल्याएको सात प्रदेशको प्रस्तावमा सहमति नभएकै हो’ उनले भने, ‘प्रदेशको सन्दर्भमा सत्तापक्षको एकत्वसहितको कुरा आउनुपर्यो, कात्तिक १७ को प्रस्तावमा के–के परिवर्तन गर्ने हो त्यो स्पष्ट आउनुपर्यो ।’ उनले ६ देखि ९ं प्रदेशमा जाने विषयमा सैद्धान्तिक सहमति भएको भन्दै त्यसमा ६, ८ वा ९, कुनमा अडिने भन्ने सत्तापक्षले नैं स्पष्ट पार्नुपर्ने बताए ।


  •  
  •  
  •