विवादित विषयमा सहमति खोज्न दोस्रो तहका नेता सक्रिय

173
  •  
  •  
  •  

काठमाडौं २७ चैत (ओएनएस)  : संविधानका विवादित विषयमा सहमति खोज्न दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । शीर्ष तहमा छलफल गर्नुअघि साझा सहमति जुटाउन सक्रिमयता बढेको छ । दोस्रो तहका नेताबाट नै सहमतिको मस्यौदा बनाउने गृहकार्यपनि चलिरहेको छ । मस्यौदा बनेपछि शीर्ष बैठकमा राखिनेछ ।

पहिलो चरणमा दोस्रो तहका नेताहरुबीच छलफल हुने र त्यसकै आधारमा शीर्ष नेताहरुले सहमति खोज्ने एमाओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

महराका अनुसार विभिन्न विकल्पअघि सारेर सहमतिको प्रयास भइरहेको छ । संघियतालाई जाडेर हरेक दलबाट फरक फरक प्रस्ताव आएको र त्यसलाई मूर्तरुप दिएर सहमति गरिने उनले बताए । आज छलफलको समय यकिन नभएपनि नेताहरुबीच वार्ता हुने प्रधानमन्त्रीको सचिवालयले पनि बताएको छ ।


  •  
  •  
  •