शीर्ष नेतासँग सभाध्यक्षको छलफल जारी, प्रधानमन्त्री बाहिरिए

205
  •  
  •  
  •  

काठमाडौं ४ चैत (ओएनएस) : सभाध्यक्षले शीर्ष नेताहरुसँग छलफलका लागि बोलाएको बैठक नसकिदै प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला बाहिरिएका छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली पनि सहभागि छैनन् ।

एमालेको तर्फबाट उपाध्यक्ष वामदेव गौतम उपस्थित छन् भने राप्रपा नेपालले पनि प्रमुख सचेतक दिलनाथ गिरिलाई पठाएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बसेकाे बैठकमा अन्य नेता भने उपस्थित छन् ।

दलहरुबीच दुरी बढ्दै गएपछि सहमतिका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल सुरु गरेका हुन् । । छलफलमा सहमतिका विषयमा दलहरुको प्रष्ट धारणा मागेपछि संविधान निर्माण प्रक्रियाका विषयमा एजेण्डा राख्नेछन् ।

दुईदिन प्रमुख दलका सचेतकहरुसँग छलफल गर्नुभएका नेम्वाङले आज शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।  ।  मिति नतोकी आफूले अनिश्चितकालका लागि संविधानसभा स्थगित गर्नुको औचित्य दलहरूको पुष्टि गर्नुपर्ने नेम्बाङले बताउँदै आएका छन् ।

प्रश्नावली समिति गठनको निर्णयसँगै एमाओवादी गठबन्धनले संविधानसभा बैठक बहिष्कार गर्दै आएको छ । संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेस गरेपछि दलहरूबीच सहमतिका लागि माघ २९ देखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ ।  पछिल्लोपटक नागरिक समाजका अगुवा र दलहरूको सहमतिमा प्रक्रिया स्थगन गरी संविधानसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।


  •  
  •  
  •