आज सहमतिका लागि निर्णायक छलफल

90
  •  
  •  
  •  

काठमाडौं १९ भदौ (ओएनएस) :
संविधानका विवादित अन्त्य गर्न दलहरुले आज निर्णयक छलफलमा मानेका छन् । आज दिनभर छलफल गरेर विवादमा मुख्य सवषयमा सहमति गर्ने दलहरुको तयारी छ। दुईपक्षिय, त्रिपक्षीय र प्रमुखदलहरुको सयुक्त बैठक बसेर दिनभर विवादका विषयमा समाधान खोजिनेछ । पहिलो चरणमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच छलफल हुनेछ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका अन्तरबस्तुमा शनिबारसम्म सहमति जुटाइसक्नुपर्ने समयसीमा रहेकाले पछिल्लो समय दलहरुले छलफललाई तीव्रता दिएका छन् । कांग्रेस र एमालेले हिजो सहमति गरिसकेकाले आज त्यसै विषयमा एमाओवादीसँग छलफल हुनेछ ।
बिहान ८ बजे सिंहदरबारमा प्रमुख तीन दलको बैठकले विवादित विषयमा सहमति खोजेपछि त्यस अनससार अन्य दलसँग छलफल हुनेछ । दलहरुबीच मुख्य रुपमा राज्यको पुर्नसंरचना र शासकीय स्वरुपमा सहमति हुन बाँकी छ । त्यसैसाग जोडिएको न्यायपालिका र निर्वाचन प्रणालीका केही विषयमा भने संवाद समितिमातहतको उपसमितिले सहमति जुटाइसकेको छ ।

तीन दलले त्यसपछि मधेसवादीलगायत संविधानसभाभित्र रहेका अन्य साना दलसाग छलफल गर्नेछन् । तीन दलले त्यसमा सहमति गरी सर्वपक्षीय भेलाको स्वरुपबारे नेकपा(माओवादीसाग छलफल गर्ने कार्यक्तम रहेको छ ।


  •  
  •  
  •