दोस्रो पटक तात्यो राजनीति

325
  •  
  •  
  •  

काठमाडौं १० माघ (ओएनएस) : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव समिति गठनको अवरुद्ध प्रक्रिया आइतबार निष्कर्षमा पुर्याउने घोषणा गरेसँगै राजनीतिमा नयाँ मोड दिएको छ । पहिलो चरणमा संविधानको मस्यौदा आफै बनाएर ‘कालटुक विष’ पिउन तयार भएको बताएपछि तातिएको राजनीति फेरि तातिएको छ । विपक्षी मोर्चामा रहेका दलहरु सभाध्यक्षको प्रस्तावलाई सहमतिको बाटोमा ढाल्ने प्रयत्नमा लागेका छन् । सत्तापक्षका नेताहरु आइतबारको प्रतिक्षामा छन् ।

सभाध्यक्ष नेम्वाङले आज शनिबार सत्तापक्ष र प्रतिपक्षी मोर्चाका नेताहरुसँग अनौपचारीक परामर्श गर्ने तयारी गरेका छन् । छलफलका क्रममा दुवै पक्ष सहमत भए सहमतिको माध्यमबाट आइतबार सहमतिको ढोका खुला राखेर प्रक्रिया सुरु हुनेछ । नभए सभाध्यक्ष आफ्नो ढंगले अघि बढ्ने स्रोतले बताएको छ ।

नेम्वाङले आइतबार बस्ने बैठकमा प्रस्ताव समिति घोषणा गर्नेछन् । स्रोतका अनुसार उनले पछिल्लो विकल्पमा सहमत हुन आग्रह गर्दै त्यसो नभए अवरोधकै बीचमा पनि प्रस्ताव समितिमा रहने सदस्यहरूको नाम घोषणा गर्ने जनाउ दिएका छन् ।

सभाध्यक्षको बाटोबाट पनि तीन महिना

subas-chandra-nembang
दलहरुबीच सहमति भए वा नभएपनि प्रक्रियाको बाटो खोज्दा नयाँ संविधान २०७१ सालमा असम्भव देखिएको छ । प्रश्नावली समिति गठन गरी संक्षिप्त प्रक्रियाबाट अघि बढेपनि संविधान जारी गर्न तीन महिना लाग्ने संसद सचिवालयका एक बरिष्ठ अधिकारीले भने । संसद सचिवालयका सचिव ठाकुर बरालले अब कुनै अवरोध नभए प्रक्रियाबाट तीन महिनामा संविधान आउने बताए । यो बर्षमा भने सम्भव कम देखिएको उनको विश्लेषण छ ।

प्रश्नावली समितिले प्रश्न बनाउन लगाउने समय, त्यसको संसोधन, संविधानसभाबाट पारित त्यस आधारमा मस्यौदा समितिले मस्यौदा तयार पार्न जस्ता काम पनि दुई हप्ताको समय लिनेछ । समितिले बनाउने प्रश्नलाई संविधानसभाले निणर्य लिनुपर्नेछ । प्रमुख दलहरु न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा लगभग सहमतिमा पुगेपनि संघीयता र शासकीय स्वरुपमा रहेको विवाद अझै टुंगो लाग्न सकेको छैन ।


  •  
  •  
  •