नेम्वाङको प्रस्तावले विपक्षी मोर्चालाई दवाव

80
  •  
  •  
  •  

काठमाडौं १० माघ (ओएनएस) : आइतबार संविधान निर्माणका लागि निणर्यक दिन मानिएकाले दलहरु छलफलमा व्यस्त भएका छन् । सभाध्यक्ष सुवास नेम्बाङले प्रश्नावली समिति गठनको ठाडो प्रस्ताव संविधानसभामा ल्याउने तयारी गरेपछि विपक्षी दललाई अप्ठ्यारो परेको छ । विपक्षी मोर्चा बिहानै छलफलमा जुटेको छ ।

एमाओवादी र मधेसी मोर्चालगायत विपक्षीको अवरोधका कारण कार्यसूची अनुसार काम नभएपछि नेम्बाङ आफैंले प्रस्ताव गर्ने र सीधै मतदानमा लैजाने तयारी गरेका हुन्। सभाध्यक्षको योजनामा कुनै व्यवधान भएन भने एमाओवादी गठबन्धनको अवरोधकै बीच उक्त प्रस्ताव ठाडै मतदानमा लगेर होहल्लाबीच पारित गरिनेछ। सभाध्‍यक्षको योजनामा व्‍यवधान भएन भने विपक्षीको अवरोधकै बीच उक्त प्रस्ताव ठाडै मतदानमा लगेर होहल्‍लाबीच पारित गरिनेछ।
सभाध्यक्ष नेम्बाङले ठाडो प्रस्ताव गर्ने संकेत संविधानसभा बैठकमा गरिसकेका छन्। विपक्षी मोचाृका प्रवक्ता प्रेमबहादुर सिंहले रेफ्रीले नै गोल गर्न खाजेकाले त्यस विषयमा रणनीति बनाउने बताए । उनका अनुसार सहमतिका लागि नयाँ प्रस्तावका साथ अघि बढ्ने वा संविधानसभा नै बहिष्कार गर्ने भन्ने विकल्पमा समेत अब छलफल हुने छ । भोलि बिहानसम्म मोर्चाले सभाध्यक्षको प्रस्तावमा ठोस रणनीति बकनाउने बताए ।

मोर्चामा आवद्ध केही दलको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्दैछ । त्यसपछि मध्यान्हपछि १९ दलीय मोर्चाको बैठक बस्ने र २ बजे नेकपा माओवादीसमेतको संयुक्त छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

छलफलमा संविधानसभामा आफ्नो भूमिका, आफूहरुको मुद्दा र आगामी दिनमा गरिने आन्दोलनलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दुई दलको भने आज छलफल हुने नहुने तय भइनसकेको ती दलको नेताहरुले बताए ।


  •  
  •  
  •