संविधानसभाको वैठक सुरु

183
  •  
  •  
  •  

ca-buildingकाठमाडौं २ माघ (ओएनएस) : संविधानसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै दलका नेताहरुले भनाई राख्न सुरु गरेका छन् । सम्वाद समितिका सभापति बाबुराम भट्टराईले अहिले भनाई राखि रहेका छन् । संविधानका विवादलाई प्रक्रियामा लैजाने विषयमा दलहरु छलफलमा जुटेका छन् । संविधानसभाको बैठक अघि संविधानसभाका अध्यक्ष सहित शीर्ष नेताहरुसँग यसअघि गरेका थिए ।  कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेन ।

दलहरुबीच प्रक्रियामा जाने वा सहमतिमा जेठ ८ लाई पछि सार्ने विवादसँगै सुरु हुन लागेको संविधानसभाको बैठकले आज नियमावलीले दिएको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङल प्रश्नावली समिति बनाएर विवादित विषयलाई हल गर्ने तयारी गरेका छन् । ।

आजको संविधानसभा वैठकबाट समिति बनाए त्यसले तोकेको निश्चित दिनमा प्रश्नावली बनाएर पेस गर्नेछ । त्यसलाई बहुमतका आधारमा पहिलो मस्यौदा बनाउन संविधान मस्यौदा समितिमा पठाइनेछ ।

असहमति भएका विषयहरुको प्रश्नावली बनाउनुपर्ने र त्यसका प्रत्येका बुँदामा छलफल गरेर निर्णयार्थ संविधानसभामा पेश गर्ने, जे निर्णय लिन्छ त्यो अभिलेख गरेर मस्यौदा समितिलाई पठाउने प्रक्रियाका लागि कम्तिमा पनि दुई हप्ता आबश्यक हुने संसद सचिवालयले जनाएको छ । विपक्षी दलले भने प्रक्रियालाई राकेर सहमतिबाट माघ ८ गतेको मिति पनि सानुपर्ने बताइरहेको छ । दलहरुबीचको विवादका कारण संविधानसभा अप्ठ्यारोमा परेको छ ।


  •  
  •  
  •