धारणासहित लचकता प्रस्तुत गर्ने सहमति

78
  •  
  •  
  •  

काठमाडौं १७ भदौ (ओएनएस) : मुख्य दलहरुबीच भदौ २१ गतेभित्रै सहमति गर्ने गरि विवादित विषयमा आधिकारिक धारणा ल्याउने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशवादी दलका शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलले सहमतिका लागि कति लचक हुन सकिन्छ भन्नेबारे भदौ २१ गतेभित्रै सहमति गर्ने गरि धारणा ल्याउन सहमत भएका हुन् ।

बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले भने,‘आजको बैठक सकारात्मक भएको छ, विवादित विषयमा कति लचकता अपनाउन सकिन्छ ५ दिन भित्रै सहमति गर्ने गरि धारणा ल्याउने सहमति भएको छ । ’

भदौ २१ गतेभित्र सहमति जुटाउने कार्यतालिका भएपनि मुख्यदलहरुले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा टुंग्याउन सकेका छैनन् । सहमतिका लागि भन्दै संवाद समितिले पटक पटक छलफल गरेपनि दलहरुले यस विषयमा नयाँ धारणा समेत अगाडी सार्न सकेका छैनन् । एमाले उपाध्यक्ष भिम रावलले निर्धारित समय भित्र काम सक्ने गरि छलफलमा लागि रहेको जानकारी दिए ।


  •  
  •  
  •