आज संविधानसभाका अध्यक्ष सहितको ‘निर्णायक’ छलफल

311
  •  
  •  
  •  

काठमाडौं २२ पुस (ओएनएस) :
संविधानका अन्तरवस्तुमा सहमति खोज्न चार दलहरुबीच आज फेरि छलफल हुँदैछ । हिजोसम्ममा सहमति जुटाउने भनेका नेताहरुले फेरि आजकोे भाका सारेका छन् । हिजो बसेको मुख्य दलहरुको बैठक बस्दै नबसी आजका लागि सारिएको हो । एकिकृत माओवादी नेता नारायाकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष र मुख्य चार दलका नेता बसेर आज ठोस सहमतिमा पुग्ने गरि छलफल हुने बताए । आज नै संविधानसभा बैठक भएकोले त्यसअघि नै सहमतिको अन्तिम प्रयास गर्ने श्रेष्ष्ठले बताए ।

बिहानसाढे ८ बजे  सभाध्यक्ष नेम्वाङ सहित दलको बैठक बोलाइएको छ । संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषयमा सहमति गरिसक्न वा संविधानको मस्यौदा लेख्ने जिम्मा आफूलाई दिन दलका नेताहरुलाई दिएको ४ दिने भाका हिजो सकिएको छ । संभाध्यक्षले दिएको भाका सकिने दिन एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले १० प्रदेशसहितको साझा धारणा सार्वजनिक गरेको छ ।

काङ्ग्रेस एमाले लगायत सत्ताधारी दलले यसअघि नै ७ प्रदेशसहितको ९ बुँदे साझा प्रस्ताव सार्वजनिक गरि सकेका छन् ।  दलहरुबीच शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्याय र निर्वाचन प्रणाली बारेको विवाद नमिल्दा संविधानसभाको कार्यतालिका अनुसार संविधान लेख्ने काम भएको छैन । सबैभन्दा ठूलो विवाद संघियताका विषयमा छ ।


  •  
  •  
  •