काठमाडौं २१ पुस (ओएनएस) :
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको समय सीमाको अन्तिम दिन दलहरु निर्णायक छलपलमा जुट्दैछन् । दलहरुको आन्तरिक छलफलपछि दिउँसो निर्णायक छलफलमा जुट्नेछन् । संविधानका अन्तरवस्तुमा सहमति खोज्न नसकिरहेका प्रमुख दलकाआजै सहमति गर्ने दवाव छ । सहमति गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको समयसीमा आज सकिनेछ । पूर्व निर्धारित संविधान जारी गर्ने दिन माघ ८ आउन अब १८ दिन बाँकी छ ।
यसलाई मध्यनजर गर्दै केही दिन यता नेताहरुले द्विपक्षिय, त्रिपक्षिय छलफल गरिरहे पनि सहमति भने भइसकेको छैन । संविधानका मुख्य विवादित विषय शासकीय स्वरुप र संघियतालगायतका विषयमा कुरा मिल्न बाँकी छ ।
यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सभाध्यक्ष नेम्वाङले आज साँझसम्म सहमति गरिसक्न भनेका छन् । दलहरु छलफलमा जुट्नु पर्ने भएकै कारण आज संविधानसभाको बैठक पनि राखिएको छैन । तर भोलिको संविधानसभा बैठकमा जाँदा सहमति गरेर आउन सभाध्यक्षको आग्रह छ ।