सभाध्यक्षको नयाँ प्रस्ताव बारे दलहरु छलफलमा

163
  •  
  •  
  •  

काठमाडौं १८ पुस (ओएनएस) :
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानको मस्यौदा लेख्ने अधिकार आफुलाई दिन प्रस्ताव गरेपछि दलहरु त्यस विषयमा धारणा बनाउन थालेका छन् । आज दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेसले संविधानसभा अध्यक्षको प्रस्तावमा धारणा बनाउन बैठक बोलाएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।

छलफलका क्रममा संविधान निर्माणका लागि प्रक्रियामा जान दुई तिहाई पुग्न सक्ने वा नसक्ने विषयमा समेत लेखा–जोखा गरिनेछ । एकीकृत नेकपा माओवादी पनि अनौपचारीक छलफल गर्दैछ । एमाओवादी अध्यक्षको निवासमा हुने छलफलमा सभाध्यक्षको प्रस्ताव र नयाँ बाटोका खोजीका विषयमा कुराकानी हुनेछ ।

एमालेले भने हिजो साँझै नै अनौपचारीक छलफल गरेर सहमति जनाइसकेको छ । माघ ८ गतेभित्र संविधान जारी गर्ने उपाय र विधि बारे नेताहरुसँग भएको छलफलमा हिजो नेम्वाङले सकेसम्म सहमति गर्न नभए मस्यौदा दिने अधिकार दिन प्रस्ताव गर्नुभएको थियो ।


  •  
  •  
  •