कार्यदल विवाद समाधानको प्रस्ताव तयार गर्न सक्रिय

158
  •  
  •  
  •  

काठमाडौं १२ पुस (ओएनएस) : संविधानका विवादित अन्तरवस्तुमा सहमतिको प्रस्ताव तयार गर्न गठित कार्यदलले आज पनि छलफल गर्दैछ । आज विवादित विषयमा बुदा तयार गरेर सहमतिको प्रस्ताव तयार गर्नेछ । कार्यदलको बैठक अहिले बिहान बोलाइएकबो छ ।

कार्यदलको पहिलो बैठकमा संविधानका विवादीत अन्तरबस्तुमा आ(आफ्ना दलिय दृष्टिकोण राखेका सदस्यहरुले आज प्रस्ताव तयार गर्ने बताएका छन् । कार्यदलमा कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र मधेसी दलका नेता लक्ष्मणलाल कर्ण सदस्य छन् ।

एमाले नेता रावलका अनुसार सदस्यहरुले आवश्यकता अनुसार आ(आफ्ना दलसँग समेत परामर्श गरी विवादित विषयमा सहमतिको प्रस्ताव तयार गर्ने प्रयास गर्नेछन् । आज प्रस्ताव तयार गर्नेगरि छलफल हुने र शीर्ष नेतालाई बुझाइने उनले बताए । दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली जस्ता संविधानका आधारभूत विषयमा विवाद छन् ।

साझा पहिचान सहित ७ प्रदेशको संघीयता, सुधारिएको संसदीय ब्यवस्था, केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित तल्लो सदन र पूर्ण समानुपातिक माथिल्लो सदन बनाउने कांग्रेस(एमालेको साझा प्रस्ताव छ । एमाओवादी र मधेसी दलहरु भने उक्त प्रस्तावको विपक्षमा छन् ।


  •  
  •  
  •