काठमाडौं ११ पुस (ओएनएस) :
संविधानका अन्तरवस्तुमा सहमति जुटाउन प्रमुख चार पक्षले गठन गरेको कार्यदलले आज सहमतिको प्रस्ताव तयार गर्ने भएको छ । हिजो बसेको बैठकले गठन गरेको कार्यदलको बैठक बसि आजै सहमतिको ड्राफ्ट तयार गर्ने नेताहरुले बताएका छन् ।पूर्वअडानमा लचक भएर संविधानका अन्तरवस्तुमा सहमतिको प्रस्ताव पेस गर्न चार सदस्यीय कार्यदललाई जिम्मा दिइएको छ ।
कार्यदलमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन्। कार्यदलले संविधानका अन्र्तबस्तुमा मात्रै छलफल गरेर आजै साँझ सम्म प्रस्ताव तयार गर्ने एमाले उपाध्यष भीम रावलले बताए । ुसमय धेरै नभएकाले आजै प्रस्ताव पेश गर्ने तयारी अनुसार छलफल हुने उनले बताए । ‘छिट्टै सहमति प्रस्ताव पेस भनिएको छ समय पनि धेरै छैन, सम्भव भए आज नभए भोलि प्रस्ताव दिन्छौ’ रावलले भने ।
शीर्ष बैठक नियमित गर्ने र प्राविधिक रूपमा संविधानका अन्तरवस्तुमा सहमतिको गृहकार्य कार्यदलले गर्ने निधो भएको हो। संघियतामा एमाओवादी पनि लचक भएकाले अरु विषयमा मिलाइनेछ ।