दलहरुको श्रृृखलावद्ध छलफल बालुवाटारमा

159
  •  
  •  
  •  

काठमाडौं १० पुस (ओएनएस) : विवादित विषयमा सहमति खोज्न आजपनि दलहरुले छलफल गर्ने भएका छन् । आज दलहरुले प्रमुख शिराबाट छलफल सुरु गर्ने बताएका छन् । सत्ता साझेदारी र संविधानका विवादलाई एक ठाउँमा राखेर समाधान गर्ने गरि आजबाट छलफल सुरु हुँदैछ । यसअघि भएका छलफलमा सत्तासाझेदारीको विषय उठेपनि दलहरुले निस्कर्ष दिन सकेका छैनन ।

स्रोतका अनुसार एमाओवादीले संविधान जारी हुनुअघि भन्दा भएपछिको शक्ति सन्तुलनमा आफ्नो स्थान खोजेको छ । उसको चाहना माघ ८ मा संविधान जारी भएमा त्यसपछि हुने सत्ताका प्रमुख पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचनमा आफ्नो स्थान कहाँ हुने भन्नेमा लक्षित छ ।

संविधान निर्माणका लागि अपनाइने प्रक्रियाको बारेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादी तथा मधेसवादी दलहरुको बैठकले आज केही निस्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । शीर्ष नेताहरुबीच आरोप–प्रत्यारोपले सहमतिको वाताबरण झन विग्रीदै गएको छ । विपक्षी मोर्चाले गरेको आन्दोलनको घोषणाका विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री सक्रिय
प्रधानमन्त्री सुशिल कोइरालाले पनि सहमतिका लागि छुट्टै पहल गर्ने भएका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै छलफल उनको तयारी छ । पहिलो एमाले अध्यक्षसँग छलफल गरेपछि एमाओवादी अध्यक्ष दाहालसँग छलफल हुनेछ । प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •