सहमतिका लागि प्रमुख तीनदल बिचको बाटो खाज्दै

65
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) :  संविधानका विवादित विषयमा सहमति  खोज्न प्रमुख दलहरु आजपनि छलफलमा जुट्ने भएका छन् । पार्टीका अडानलाई एक ठाउँमा राखेर बिचको बाटो पहिल्याउन छलफल सुरु भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस र एमालेले संघियता र शासकीय स्वरुपमा साझा धारणा बनाइसकेकाले आज एमाओवादीलाई त्यसमा मनाउने प्रयास हुनेछ ।

पहिले आफ्नो धारणामा मनाउन प्रयत्न गर्ने र त्यसो नभए बिचको बाटो खोज्ने एमाले उपाध्यक्ष भीम रावलले बताए । दिउँसो २ बजे सिंहदरबारमा दलहरुबीच छलफल हुन लागेको संसद सचिवालयले जनाएको छ । प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच छलफल हुने भएको हो ।

कांग्रेस एमाले दलहरुले ६ देखि ७ ओटा सम्म प्रदेश बनाउन सकिने गरी सहमतिमा छन् ।  तर एमाओवादीले १० प्रदेशको अडान राख्दै आएको छ । आजै बिहान संवैधानिक समितिले पनि विवादित विषयमा सहमति खोज्न बैठक बोलाएको छ ।


  •  
  •  
  •