आज पनि बोलाइयो प्रमुख दलहरुको बैठक

300
  •  
  •  
  •  

काठमाडौं ९ पुस (ओएनएस) : विवादित सविषयमा सहमति खोज्न र चिसिएको सम्न्ध सुधार गर्न दलहरु ऋाज छलफलमा जुट्दैछन् । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण स्थगन भएको प्रमुख दलहरुको बैठक आज बोलाइएको छ । प्रमुख तीन दल, नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादी तथा मधेसवादी दलहरुको सयुक्त बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ ।

दिउँसो ४ बजे बस्ने बैठकमा विपक्षी दलहरुको आन्दोलन र संविधानका विवादित विषयलाई कसरी टुंग्याउनेलगायतका विषयमा छलफल हुने भएको छ । संविधान जारी गर्न तोकिएको माघ ८ गते नजिकिंदै गए पनि दलहरुबीच शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली तथा निर्वाचन प्रणाली बारेको विवाद कायम छ ।


  •  
  •  
  •