दलहरु सम्बन्ध सुधार्ने प्रयासमा

304
  •  
  •  
  •  

काठमाडौं ८ पुस (ओएनएस) :

आरोप प्रत्यारोपमा लागेका प्रमुख दलहरुले सम्वाद पनि जारी राखेका छन् । विपक्षी दलले गरेको आम हड्तालको घोषणा र सत्तापक्षले भनिरहेको प्रक्रियाबाट संविधानका बिचमा सहमति खोज्न प्रमुख दल बिहान छलफलमा जुट्दैछन् ।

संविधान निर्माणका लागि अपनाइने प्रक्रियाको बारेमा छलफल गर्न प्रमुख तीन दल, नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बोलाइएको बैठकमा दलहरुबीच पछिल्लो समयमा उत्पन्न विवाद, माघ ८ को समयसीमा लगायतका बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

तीन दिनअघिको बैठकमा काङ्ग्रेस र एमालेले पेलेरै जान खाजेकोभन्दै एकीकृत माओवादी नेताहरु बाहिरिएदेखि सत्ता र प्रतिपक्षी दलहरु आरोपप्रत्यारोपमा उत्रिएका थिए । एकीकृत माओवादी नेतृत्वको मोर्चाले हिजो मात्रै आन्दोलनको घोषणा गरेपछि आज तीन दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री सुशील कोइरालाले दलीय तिक्ता अन्त्यगरी संविधान निर्माणतर्फ दलहरु लागुन भन्नका लागि तीन दलको बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

भावी संविधानका विवादित विषयमा सहमति गरी संविधान जारी गर्ने पूर्व निर्धारित मिति माघ ८ आउन अब ३१ दिन मात्र बाँकी छ ।


  •  
  •  
  •