माओवादीले उठाएको गोलमेचसभा गर्ने दलहरुको तयारी

45
  •  
  •  
  •  

काठमाडौं ११ भदौ (ओएनएस) : संविधानसभा बाहिर रहेको नेकपा माओवादीलाइईसंविधान प्रक्रियामा ल्याउन प्रमुख दलहरुले ेछलफल गर्दैछन् । हिजो प्रधानमन्त्री सुशील कोइरालाले छलफल गरेपछि आज तीनदलका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् । नेकपा माओवादीलाई संविधानसभामा कसरी समेट्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बस्नेछ ।

४ दलको संयुक्त बैठक बस्नु अघि सत्तारुढ दुई दल कांग्रेस एमालेबीच छलफल हुनेछ । ४ दलको संयुक्त बैठकमा नेकपा माओवादीले राजनीतिक निकाशका लागि सर्वपक्षीय भेलाको प्रस्ताव गर्ने छ । यस विषयमा मंगलबारै अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री कोइरालालाई जानकारी गराइसकेका छन् । बैठकमा संविधान निर्माण लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो नेकपा माओवादीसँग भएको भेटमा नयाँ संविधान निर्माणमा सहभागिगराउन गोलमेच सभाबारे सकारात्मक भएको बताएका थिए।


  •  
  •  
  •