सत्तासिन दलले विपक्षीसँग छुट्टा-छुट्टै छलफल गर्दै

166
  •  
  •  
  •  

काठमाडौं २२ मंसिर (ओएनएस) : सत्तासिन कांग्रेस र एमालेले संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाउन विपक्षीदलसँग छलफल गर्दैछन् ।, प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टा छुट्टै छलफल हुनेछ । दिउँसो ३ बजे एकीकृत माओवादी सहित तीनदल र ५ बजे मधेस केन्द्रितसहित दलको छलफल हुनेछ ।

मुख्य विवादित विषय शासकीय स्वरूप र संघीयतामा सहमति जुटाउन प्रधानमन्त्रीको पहलमा वार्ता गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस र एमालेसहितका राजनीतिक दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत संविधान निर्माणको प्रस्तावलाई आधार मानेर छलफल हुनेछ । कांग्रेस एमालेले वार्ता थालेपछि विपक्षी २० दलको मोर्चामा खटपट आएको छ ।


  •  
  •  
  •