दलहरुबीच फेरि प्याकेज बहस, सिंहदरबारमा छलफलमा

171
  •  
  •  
  •  

काठमाडौं १७ मंसिर (ओएनएस) :  संविधानका अन्र्तबस्तुमा सहमति जुटाउन आज पनि बिहानैदखि शीस्र्ष तहमा छलफल हुने भएको छ । संविधानसभाका अध्यक्ष सुभवास चन्द्र नेम्वाङको सहभागिताम बिहान स्रिह दबरबारमा छलफल सुरु हुनेछ । सभाअध्यक्ष नेम्वाङको कर्यकक्षमा हुने छलफलमा सत्ता बाँडफाँड र संविधानलाई प्याकेजमा सहमति गर्ने गरि छलदफल हुनेछ । यसअघि संविधानका विवादित विषयमा मात्रै केन्द्रित दलहरु अब सरकार गठनका छलफलमा पनि जुटेका छन् ।

कांग्रेस नेता पूर्णबहादुर खड्काले सबै विषयलाई प्याकेजमा सहमति खोजेर भएपनि माघ ८ मा संविधान जारी गर्नेमा छलफल केन्द्रित हुने बताए । दलहरुबीच सहमति नहुँदा काङ्ग्रेस र एमालेको साझा प्रस्ताव सम्वाद समितिमै अड्कीएको छ । शासकीय स्वरुप, संघीयता, न्यायप्रणाली, निर्वाचन प्रणाली लगायत संविधानका विवादित विषयमा सहमति गर्न छोडेर दलहरु भने राष्ट्रिय सरकार गठनका लागि आन्तरिक र दुई पक्षीय छलफलमा जुटेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी एकीकृत माओवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एमाओवादी वर्तमान गठबन्धन भत्तिकएमात्रै सरकरमा सहभागि हुने चाहानामा छ ।

सहमति जुटाउन सभामुखको सक्रियता
Constituent Assembly Chairman Subhash Nemwang answers questions during an exclusive interview with Reuters at his residence in Kathmanduदलहरुबीच सहमति जुटाउन संविधानसभाका अध्यउक्ष सुवासचन्द्र नेम्वाङले पहल थालका छन् । उनले बिहान प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा लचक भएर सहमति जुटाउन उनले आग्रह गरेका छन् । सभामुख नेम्वाङले भने अहिले सरकारको परिवर्तनको खेल छाडेर सहमतिमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले आफुले शक्ति सन्तुलन र लेनदेन मिलाएरु भएपनि सहमति गर्न खोजेको जवाफ दिएको उनको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •