सहमतिका लागी आज दुईपक्षीय र त्रिपक्षीय छलफल

140
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक (ओएनएस) :  संविधासभाका विवादित विषमया सहमति खोज्न आज दुइृपक्षीय र त्रिपक्षीय छलफलले तिब्रता पाउने भएको छ । शनिबारको अनौपचारीक छलफल पछि आज प्रमुख दलहरुबीच औपचारीक र अनौपचारीक चरणमा छलफल हुनेछन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको पहलमा दलहरुबीच वार्ता हुन लागेको उनको सचिवालयले जनाएको छ ।

 संवाद समितिको बैठकअघि नै सहमतिमा पुग्नेगरि छलफल भइरहेको छ । आज दलहरुबीच सहमतिमा पुग्ने कोसीस गर्ने र सहमति नभए सोमबारको सम्वाद समितिको वैठकबाट प्रक्रियाका लागि सहमति खोज्ने तयारी छ । प्रमुख दल कांग्रेस एमालेले भने सभापति भट्टराईलाई दवाव दिन समितिभित्रै हस्ताक्षर थालेका छन् ।

सभापति भट्टराईले प्रमुख दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति हुनै पर्ने, कथंकदाचित अन्तरबस्तुमा सहमति नभए पनि कमसेकम प्रक्रियामा भए पनि सहमति जुट्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालासग सहमति निर्माणमा भूमिका खेल्न पनि गरेका छन् ।

सभापति भट्टराईले सहमति निर्माणको पहलस्वरुप हिजो पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, एमाले अध्यक्ष केपी ओली, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवास“ग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।


  •  
  •  
  •