दलहरु टुटेको वार्ता जोड्ने प्रयासमा

120
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न दलहरु फेरि छलफलमा जुट्दै छन् । केहीदिन यता टुटेको वार्ता आजदेखि जाड्ने दलहरुको प्रयास छ । बिहानदेखि दुईपक्षीय दलफल गरेपछि दिउँसो सम्वाद समिति मार्फत साझा छलफल गर्ने तयारी छ । पहिलो चरणमा सत्ताको नेतृत्व गरिरहेको कांग्रेस र प्रतिपक्ष एमाओवादीबीच छलफल हुनेछ । दोस्रो चरणमा एमाले र एमाओवादीबीच छलफल हुनेछ । कांग्रेस एमाओवादी छलफल बालुवाटारमा र एमाले एमाओवादी छलफल सिंहदरबारमा तय गरिएको छ । त्यसपछि दिउँसो १ बजे संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्नेछ ।

सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेको संघियतासहितको साझा प्रस्ताव पेश गरेपछि अवरुद्ध भएको दलहरुबीचको वार्ता आजबाट गर्ने तयारी छ । छुट्टा–छुट्टै वार्ता पछि साँझ तीन दलको बैठक बस्ने तयारी भइरहेको छ । हिजो एकीकृत नेकपा माओवादीले संघीयतामा गएपछि प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई दिनेगरि सहमति गर्न सकिने जनाएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिमा नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज सयुक्त पत्रकार सम्मेलन गरि पार्टीको धारणा सार्वजनिक गर्नुभएको थियो ।


  •  
  •  
  •