सहमति खोज्न ‘साइड लाइन’ छलफल

131
  •  
  •  
  •  

काठमाडौं २२ कात्तिक (ओएनएस) :  संविधानका विवादित विषयमा छलफल गर्न दलहरु दुईपक्षीय र त्रिपक्षीय छलफलमा केन्द्रित रहेका छन् । सत्तासिन दल र प्रतिपक्षदलहबीच आज दुईपक्षीइ छलफल भएपछि त्यसलाई त्रिपक्षीय छलफलबाट टुङ्गो लगाइनेछ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज छलफल हुँदैछ । सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा कांग्रेस एमाले साझा प्रस्ताव र एमाओवादीको नयाँ प्रस्तावका विषयमा कुराकानी हुनेछ । दुईपक्षीबीच कुराकानी सकारात्मक भए तीनदलको बैठक बसेर टुङ्गो लगाइने एमाले नेता भीम रावलले जानकारी दिए । उका अनुसार छलफल सकारात्मक पाटोबाट अगाडी बढीरहेको छ ।

माघ ८ मा संविधान जारी गर्नका लागि संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिलाई विवादित बिषयमा सहमति खोज्न पटक पटक म्याद दिईयो । त्यही अवधिमा प्रमुख तीन दलका शिर्ष नेताहरुका बैठक संविधानसभा, बालुवाटार सिंहदरबार हुदै गोकर्ण रिसोर्टसम्म बसे । तर उपलब्धी नभएपछि कम्तिमा दुई दलमात्रै भए पनि एक ठाँउ उभिएर संविधान निर्माणको कामलाई अघि बढाउन खोजेका कांग्रस एमालेका नेताहरुले बताएका छन् ।

दुईदलको साझा प्रस्तावसँगै दुरी झन बढेको थियो ।, पछिल्लो पटक कांग्रेस एमालेको साझा प्रस्तावका रुपमा पेस गरेको सात प्रदेशमा एक प्रदेश थपेर ८ बनाउने र नामका विषयमा संसोधन गरेर अन्तिम रुप दिने तयारी छ । स्रोतका अनुसार एकीकृत नेकपा माओवादीले ८ प्रदेशमा सहमति जनाउने गरि तीनवटा प्रदेशको नाम आफुले राख्न पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

बिहीबार र शुक्रबार भएका दुईपक्षीय अनौपचारी छलफलबाट आएको एमाओवादी प्रस्तावलाई औपचारीक रुपमा तीनदलको बैठकमा प्रवेश गराइएको छ । बिहीबारबाट मात्रै वार्तामा सक्रिय बनेका एमाओवादी महासचिव कृष्णबहादुर महरामार्फत आएको प्रस्तावमा तीनवटा नाम एमाओवादी अनुकुल राख्नुपर्नेछ । उसले भन्दै आएको मगरात, ताम्सालिङ र नेवा क्षेत्रको नाम आफुले राख्नुपर्ने प्रस्ताव गरेको छ ।


  •  
  •  
  •