प्रमुख दलहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा

60
  •  
  •  
  •  

काठमाडौं ८ भदौ (ओएनएस) : नयाँ बन्ने संविधानको अन्तर्वस्तुमा सहमति खोज्न प्रमुख दलहरु सयुक्त छलफल गर्दैछन् । दुईपक्षिय छलफलबाट आएका निस्कर्षलाई तीनदलको बैठकले थप छलफल गरेर साझा सहमति खोज्नेछ । सत्तारुढ दल नेपाली काँग्रेस र एमाले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका विवादित विषयमा सहमति नजिक पुगेका छन । आज एकीकृत माओवादीसँग दुईदलको साझा धारणा राखिने छ । बिहान प्रधानन्त्री निवास वालुवाटारमा बस्ने प्रमुख तीन दलको बैठकमा संविधानसका अन्र्तबस्तु सँगै २६ सभासदको भनोनयन रराजदुत नियुक्ति पनि एजेण्डा बन्नेछ । आजै ३ बजे संविधानसभा बाहिर रहेका नेकपा–माओवादीसहितका दलसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।


  •  
  •  
  •