सहमतिको भित्री ‘डिस्कोर्स’

152
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक (ओएनएस) :  लामो छलफल र विवादपछि दलहरु सहमतिको नजिक पुगेका छन् । ढिलोमा सोमबारसम्म सहमति पुग्ने गरि आन्तरिक कसरत भइरहेको छ ।

संघियतामा दुवैपक्ष लचक हुनेगरि बिचको बाटो तय भएको छ । तर, अन्तिम रुप दिन बाँकी छ । कांग्रेस एमालेको साझा प्रस्तावका रुपमा पेस गरेको सात प्रदेशमा एक प्रदेश थपेर ८ बनाउने र नामका विषयमा संसोधन गरेर अन्तिम रुप दिने तयारी छ । स्रोतका अनुसार एकीकृत नेकपा माओवादीले ८ प्रदेशमा सहमति जनाउने गरि तीनवटा प्रदेशको नाम आफुले राख्न पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

बिहीबार र शुक्रबार भएका दुईपक्षीय अनौपचारी छलफलबाट आएको एमाओवादी प्रस्तावलाई औपचारीक रुपमा तीनदलको बैठकमा प्रवेश गराइएको छ । बिहीबारबाट मात्रै वार्तामा सक्रिय बनेका एमाओवादी महासचिव कृष्णबहादुर महरामार्फत आएको प्रस्तावमा तीनवटा नाम एमाओवादी अनुकुल राख्नुपर्नेछ । उसले भन्दै आएको मगरात, ताम्सालिङ र नेवा क्षेत्रको नाम आफुले राख्नुपर्ने प्रस्ताव गरेको छ ।

एमाओवादी नेता महराले एमाओवादीको इज्जतका लागि पनि तीनवटा नाम आफु अनुसार राख्नुपर्ने बताएका थिए । ‘हामीले बर्षौ देखि जनताका लागि भनेर लेड्यौ भोलि हामीले पनि राजनीति गर्ने ठाउँ चाहियो नी’ बैठकमा एमभाओवादीका तर्फबाट महराको भनाई उदृत गर्दै सहभागी एक नेताले भने, ‘हामी ८ प्रदेशमा आउन तयार छौ कम्तिमा यी तीन क्षेत्रको नाम हाम्रो प्रस्ताव अनुसार राखौं बाँकीमा हामीलाई आपत्ति छैन । ’

एमाओवादी बाट आएको नयाँ प्रस्ताव अनुसार अहिले दलहरुबीच आन्तरिक छलफल तिब्र भएको छ । दलहरुबीचको छलफल अनुसार नै व्यवस्थापिका संसदको बैठक तन्काइएको छ । शुक्रबार सकिनुपर्ने बैठक आइतबारका लागि सारिएको छ । । एमाले नेता भीम रावलले दलहरु सहमतिको नजिक रहेको दावी गरे । बाहिर देखिएको भन्दा भित्री रुपमा दलहरु सहमतिका लागि धेरै अगाडी बढी सकेको उनको भनाई छ ।

स्रोतका अनुसार सहमतिको ग्रीन सिंग्नल आए सभामुख सुवासचन्द्र नेम्वाङले संसदको बैठक अरु दुईदिन लम्ब्याउने र नभए आइतबार नै समाप्त गर्ने योजना बनाएका छन् । ‘सहमतिका लागि भित्री डिस्कोर्स गम्भीर रुपमा सुरु भएको छ’ एक नेताले भने ‘ आइतबारसम्म सहमतिमा पुग्नेगरि नै छलफल भइरहेको छ सभामुख पनि त्यसै अनुसारको तयारीमा लाग्नुभएको छ । ’

सहमतिको भित्री गृहकार्यमा कांग्रेसबाट कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रदीप गिरी, अमेरकुमार सिंह, एमालेबाट माधवकुमार नेपाल, भीम रावल, अग्नि खरेल, एमाओवादीबाट नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतको सक्रियता रहेको छ ।

भित्री रुपमा सक्रिय कांग्रेस नेता प्रदीप गिरी मध्यस्थताका रुपमा भूमिका खेलिरहेका छन् । कांग्रेस नेता सिंह एकाएक शक्ति केन्द्रका रुपमा देखा परेका छन् दलहरु संद्दियता, शासकीय रुवरुप, निर्वाचन प्रणाली र न्याया प्रणालीसँगै संविधान जारी भएपछिको सत्ता बार्गेनिमा पनि सहमति खोज्दैछन् ।

प्रचण्ड दोहोरो भूमिकामा

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने दोहोरो रणनीतिमा छन् । सहमतिका लागि जतिसक्दो लचक भएर आफ्ना एजेण्डा पार्न दुतका रुपमा महरालाई खटाएका छन् भने संविधानसभा भित्र का्रग्रेस एमालेको साझा प्रस्ताव असफल पार्न रणनीति पनि बनाउन थालेका छन् । उनले शुक्रबार त्यसैका लाथि कांग्रेस एमाले वाहेकका दलहरुसँग सिंहदरबारमा नै छलफल गरेका छन् ।

कांग्रेस एमालेको साझा सर्मनमा रहेका दलहरु बाहेकलाई बोलाइएको बैठकमा दाहालले राखेको प्रस्तावलाई अरु दलले अस्वीकार गरेका छन् । दाहालले कांग्रेस एमाले साझा धारणालाई संविधानसभामा पेश गर्न नदिनेगरि रणनी बनाउन प्रस्ताव गरेका थिए । नेकपा माले, राप्रपा नेपाल, राप्रपा लगायतका दलहरुले संविधानसभामा मै प्रस्ताव लैजानुपर्ने भनाई राखेका थिए ।


  •  
  •  
  •