सहमतिको मध्यमार्ग खोज्न तीन दलको शीर्ष घेरा तोडेर छलफल

94
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक (ओएनएस) : सहमतिको मध्यमार्ग खोज्न प्रमुख दलहरु छलफलमा जुटेका छन् । आज तीनदलको शीर्ष घेराबाट निस्केर उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदैछ । समितिमा तीनदल वाहेक मधेसी मोर्चा र अन्यदलका तर्फबाट पनि सहभागि छन् । कांग्रेस एमालेले सात प्रदेशको प्रस्ताव ल्याएपछि प्रमुख दलबीच बढेको दूरी कम गर्न बिहीबार दुई पटक बैठक बसेको हो । बिहीबारको बैठकले निस्कर्ष दिन भने सकेन । एमाओवादी प्रस्तावमा आज बस्न लागको बैठकमा पेचिलो बन्दै गएको संघियताका मुद्दामा छलफल केन्द्रित हुनेछ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको राजनीतिक समितिको बैठक आज बस्ने तय तीन दलले गरेका छन् । बैठकमा राजनीतिक सहमति जुटाउने प्रयास जारी रहने नेताहरूले बताएका छन् । समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजगत्वमा बस्ने बैठकमा संघियताको मुद्दाका विषयमा विषेशगरि छलफल केन्द्रित हुनेछ । बैठक दिउँसो ४ बजेपछि बोलाइएको छ । संघियताको संख्यामा सहमति नजिक रहेका दलहरु पहिचानको मुद्दाका विषयमा विभाजित छन् ।

कांग्रेस एमालेले सात प्रदेश सहितको सहमतिको साझा प्रस्ताव पेश गरेपछि दलहरुबीचको धुव्रीकरण झन बढेको छ । राज्य पुनःसंरचनाबारे कांग्रेस एमालेको सात प्रदेशको खाकालाई संवाद समितिबाट संविधानसभामा लैजाने प्रस्ताव एमाओवादीले अस्वीकार गरेको छ ।


  •  
  •  
  •