दहरुले भनेको निर्णायक वार्ता आज हुँदै

144
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक (ओएनएस) :
संविधानका अन्र्तबस्तुमा सहमति खोज्न दलहरुले भनेको निर्णायक छलफल आज पनि हुने भएको छ । बिहीबार कांग्रेस र एमालेले गरेको नयाँ सहमति अनुसार आजको निणर्याक बैठकमा छलफल हुनेछ । कांग्रेस एमालेले बढीमा सात प्रदेश बनाउने गरी साझा सहमति बनाएका छन्।

दुई दलले बिहीबार बहुपहिचानसहित सात प्रदेशको संघीय खाका नै साझा धारणाका रूपमा सार्वजनिक गरेका हुन्।
एकीकृत माओवादी संघीयताको विषयमा सहमतिमा नआए प्रक्रियाबाट जाँदा सात प्रदेश पनि बढी हुने दुई दलका नेताको बुझाइ छ। एमाओवादीले १० प्रदेशको अडान राखिरहेको छ । आज लेनदेनका आधारमा प्रदेशको संख्या त्यसको नामकरण, शासकीय स्वरुपमा कुरा मिलाउने नेताहरुल्े बताएका छन् । निर्णायक भनिउको वार्ता दिउँसो ३ बजेहुनेछ । त्यसअघि दुईपक्षीय छलफललाई निरन्तरता दिइनेछ ।


  •  
  •  
  •