विवादित विषय मिलाउन दलहरु छलफलमा

310
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक (ओएनएस) :
आवासीय बैठक स्थगन गरेर दुईदपक्षीय लागेका दलहरुको शीर्ष बैठक सुरु भएको छ । संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमतिको बैठक भएको छ ।  सिंहदरवारमा जारी बैठकमा राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणाली लगायतको बारेमा छलफल हुने नेताहरुले बताएका छन् । यद्यपी दलहरुबीच शासकीय स्वरुपको बारेमा भने अहिलेसम्म औपचारिक रुपमा कुनै छलफल भएको छैन ।
आजको बैठकमा हुने छलफलका आधारमा काङ्ग्रेस, एमाले र एकीकृत माओवादीबीचको बैठकको टुङ्गो लाग्ने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले बताए । तिहारपछि दुई दिन निर्णायक बैठक बस्ने सहमति गरे पनि तिहारपछि तीनदलबीच संविधानका विवादित विषयमा सहमति गर्ने बारेमा औपचारिक छलफल हुन सकेको छैन ।

डेड घण्टा ढिलो पुगेका ओली १० मिनेटमै बाहिरिए

सम्वाद समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्षा गरिएको छथियो । वैठक सुरु भएको डेडघण्टा पछि पुगेको एमाले अध्यक्ष ओली वैठकमा पुगेर १० मिनेटपछि बाहिरिएका थिए ।

 
एमाले महासचिव ईश्वर पोखरेलले राज्यपुनर्संरचनाको बारेमा भइरहेको छलफल दलहरुको आआफ्नो अडानका कारण निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँका अनुसार काङ्ग्रेस र एमाले थोरै प्रदेश बनाउनुपर्ने पक्षमा छन् भने एकीकृत माओवादीले १० प्रदेश बनाउनुपर्ने अडानमा छन् । हिजो बस्ने भनिएको तीन दलको बैठक एमालेका शीर्ष नेताहरुको अनुपस्थितिका कारण स्थगित भएको थियो । यहि कात्तिक १५ गतेभित्रमा विवादित विषय टुङ्ग्याउने जिम्मा पाए पनि संवाद समितिले यसबीचमा कुनै सहमति जुटाउन सकेको छैन ।

 

 

 


  •  
  •  
  •